Terms and Conditions
विद्यार्थीले पालना गर्नुपर्ने नियमहरू
-
१. भर्ना भएपछि मात्र पठनपाठनका लागि कक्षा कोठामा प्रवेश गर्ने,
-
२. क्याम्पसले तोकिदिएको पोशाकमा क्याम्पसमा उपस्थित हुने,
-
३. कक्षाकोठामा अध्यापकले अध्यापन गराइरहँदा कक्षा बाहिर नबस्ने वा ननिस्कने,
-
४. कक्षाकोठामा पठन पाठन भइरहेको समयमा मर्यादित वातावरण तयार पार्न सहयोग गर्ने,
-
५. पठन पाठनमा विद्यार्थी केन्द्रित शिक्षणविधि अवलम्बन गर्न सहयोग गर्ने,
-
६. अध्यापक तथा कर्मचारीहरूप्रति उचित आदरभाव राख्ने,
-
७. कक्षा मनिटरलाई कक्षा नियन्त्रण गर्न सहयोग गर्ने,
-
८. क्याम्पसको प्रतिष्ठा बढाउने कार्य गर्ने,
-
९. आन्तरिक मूल्याङ्कन परीक्षामा अनिवार्य रूपमा सहभागी हुने,
-
१०. क्याम्पसका सम्पत्ति हानि नोक्सानी हुने कुनै कार्य नगर्ने,
-
११. क्याम्पस नियमावली तथा प्रशासनिक निर्णयहरू पालना गर्ने,
-
१२. कक्षा कोठामा मोबाइलको स्विच अफ गर्ने,
-
१३. कुनै कार्यक्रम गर्नुपर्दा क्याम्पस प्रशासनको पूर्व स्वीकृति लिने,
-
१४. क्याम्पसको शुल्क तोकेको समयमा बुझाउने
-
१५. सूचना सम्प्रेषण गर्नुपर्ने भएमा क्याम्पस प्रशासनको अनुमति लिने ।
-
१६. क्याम्पसहाता भित्र कुनै पनि राजनैतिक गतिविधि गर्ने गराउने छैन ।
Type the characters shown.
Uploading can take a moment on a slow connection. Please do not close this page.